इन्दिरा राना उपसभामुखमा निर्वाचित

हिमाल प्रेस ७ माघ २०७९ १७:२६
10
SHARES
इन्दिरा राना उपसभामुखमा निर्वाचित

काठमाडौँ– इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएसँगै राना सो पदमा निर्वाचित भएकी हुन्।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए। जसमा इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो।

उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित सत्तागठबन्धनका सांसदहरूले मतदान गरेका हुन्। नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ बसे।

प्रकाशित: ७ माघ २०७९ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =