अमरेश र प्रभुको प्रश्‍न- क्याबिनेटमा ‘उप’हरूको भीड किन?

हिमाल प्रेस ७ माघ २०७९ १७:०७
14
SHARES
अमरेश र प्रभुको प्रश्‍न- क्याबिनेटमा ‘उप’हरूको भीड किन?

काठमाडौँ– स्वतन्त्र सांसद अमरेश सिंह र आम जनता पार्टीका नेता प्रभु साहले मन्त्रिपरिषद्‍मा उपप्रधानमन्त्रीहरूको भीड लागेको जिकिर गरेका छन्। शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले यस्तो बताएका हुन्।

‘हामीले सानोमा सुनेका थियौं- उप भनेको चुप हो। अहिले यो सरकारका मन्त्रीहरू हेर्दा मलाई त्यस्तै लागेको छ। यतिधेरै उपहरू किन र केका लागि?,’ अमरेशले प्रश्न गरे, ‘यति धेरै उपहरू आवश्यकताले कि सबैलाई भाग पुर्‍याउनका लागि बनाइएको हो?’

यस्तै साहले रक्षा र परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री राखेको भए विदेशी कूटनीतिज्ञ र कूटनीतिक नियोगका प्रमुखहरूसँग संवाद गर्न हैसियत मिल्ने दाबी गरे।

‘अहिलेको सरकारमा सबैलाई भाग पुर्‍याउनका लागि यतिधेरै उपप्रधानमन्त्रीहरूको भीड लगाइएको हो। यस्तो भागबण्डाको राजनीतिले मुलुकमा कहिले सुधार आउँछ?,’ साहले प्रश्न गरे।

प्रकाशित: ७ माघ २०७९ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =