पदाधिकारीसहित कमल थापा ग्रीनलिप्स रिसोर्टमा छलफल गर्दै

हिमाल प्रेस ७ माघ २०७९ १२:५५
16
SHARES
पदाधिकारीसहित कमल थापा ग्रीनलिप्स रिसोर्टमा छलफल गर्दै

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका पदाधिकारीसहित नुवाकोट जाने बाटोमा ओशो तपोवन छेउमा रहेको ग्रीनलिप्स रिसोर्टमा आज बिहानदेखि छलफलमा छन्।

आगामी माघ ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा बैठक चलिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमाथि पदाधिकारीले टिप्पणीसहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए। समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए।

आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिती बैठक काठमाडौँमा बोलाइएको छ।

प्रकाशित: ७ माघ २०७९ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =