महोत्सवले बढाएको व्यापार सम्झँदा…

हिमाल प्रेस ७ माघ २०७९ ८:२९
4
SHARES
महोत्सवले बढाएको व्यापार सम्झँदा…

नुवाकोट- म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेका छन्।

विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहेका उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री गर्छन्। महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउँछन्।

‘उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक एकलाख रुपैयाँदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो। अहिले ५० हजार रुपैयाँ आम्दानी हुन मुस्किल छ’, उनले भने, ‘जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ । महोत्सबबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे। महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झदा पनि आनन्द लाग्छ।’

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइ राखेको छ । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ। उद्योग सञ्चालन गर्नुको साथै उहाँ नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छन्। रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो।

उनले भने, ‘जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ।’ मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह÷जागर थपिदिन्छ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ। विसं २०७२ मा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गर्नुभएको ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो।

‘व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो। बजारको समस्या थियो। बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो’, उनले भने, ‘साना ठूला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ। हाल बजारको खासै समस्या छैन। मागअनुसार उत्पादन गर्न भने मुस्किल छ।’

 

प्रकाशित: ७ माघ २०७९ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =