पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै

हिमाल प्रेस ७ माघ २०७९ ७:२७
4
SHARES
पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै

सिन्धुपाल्चोक- किसानको पशुधनको दृष्टिले राम्रो मानिने बिमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बिमा कार्यक्रममा सहभागी भइ पशु बिमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्यांकन बराबरको बिमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही ९० हजार रुपैयाँ प्राप्त गरे।

नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशु कार्यक्रममा विशेष जोड दिँदै आएको पालिकाले पशु बिमा कार्यक्रममा कूल बिमांकको संघीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ।

बिमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने बताए। सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए।

हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बिमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ।

प्रकाशित: ७ माघ २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =