कांग्रेस मधेश प्रदेशले भन्यो : प्रधानमन्त्रीले मधेशी जनताको अपमान गरे

हिमाल प्रेस ६ माघ २०७९ १८:१०
26
SHARES
कांग्रेस मधेश प्रदेशले भन्यो : प्रधानमन्त्रीले मधेशी जनताको अपमान गरे फाइल तस्बिर

जनकपुरधाम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश आन्दोलनका सहिदको अपमान गरेको भन्दै मधेश नेपाली कांग्रेस मधेश प्रदेशले आपत्ति जनाउँदै दुख व्यक्त गरेको छ।  नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नै मधेश आन्दोलनका सहिदहरूप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेश आन्दोलनका सहिदहरूको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरेका थिए। उनले सबैलाई उठेर सम्मान व्यक्त गर्न आग्रह पनि गरेका थिए। रोस्टममै उभिएर राउतले मौन धारण गरेका थिए।

राउतले मौन धारण गर्दैगर्दा सदनमा रहेका मधेशी दलका सांसद तथा अधिकांश दलका सांसदले उठेर सम्मान व्यक्त गरेका थिए। तर प्रधानमन्त्रीसहित केही भने उठेनन्। मधेश प्रदेशका सभापति यादवले प्रचण्डलाई मधेश विरोधीको आरोप पनि लगाएका छन्।

‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्रीलगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुखद् छ। यो घटनाबाट हाम्रा शासकहरू मधेसका सहिदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ’ उनले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित: ६ माघ २०७९ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =