मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

हिमाल प्रेस ५ माघ २०७९ १३:५५
6
SHARES
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

काडमाडौँ– मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ६० लाख बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ। आयोजनाबाट प्रभावित दोलखाको गौरीशंकर गाउँपालिका–५ र ६ का बासिन्दामा ३ लाख ४ हजार कित्ता र वडा नं १, २, ३, ४, ७, ८ र ९ का बासिन्दाका लागि ३ लाख ४२ हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ।

त्यस्तै दोलखाकै विगु गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दाका लागि १ लाख १४ हजार कित्ता सेयर बाँडफाँट गरिने जनाइएको छ। सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने १ करोड ५२ लाख बराबरको १ लाख ५२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिइने छ।

स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि माघ २९ गतेभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिकास्थित सुरी खोलामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत् आयोजना निर्माण गरी उत्पादन सुरु गरिसकेको छ। सोही गाउँपालिकामा ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ।

प्रकाशित: ५ माघ २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =