अस्ट्रेलियन ओपन : स्वाटेक र पेगुला तेस्रो चरणमा

हिमाल प्रेस ४ माघ २०७९ १७:०४
8
SHARES
अस्ट्रेलियन ओपन : स्वाटेक र पेगुला तेस्रो चरणमा

काठमाडौँ- विश्व नम्बर एक इगा स्वाटेक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन्। मौसमका कारण लगातार प्रभावित भइरहेको अस्ट्रेलियन ओपनको दोस्रो चरणको खेलमा बुधबार स्वाटेकसँगै अमेरिकी जेसिका पेगुला पनि विजयी बनिन्।

उपाधि दाबेदार मानिएकी स्वाटेकले कोलम्बियाकी कालिा ओसोरियोलाई ६–२, ६–३ ले पन्छाइन्। रोड लेभर एरिनामा भएको अर्को खेलमा पेगुलाले बेलारुसकी एलिएकसान्ड्रा सास्नोभिचमाथि ६–२, ७–६ (७/५) जित दर्ता गरिन्।

ग्रिसकी मारिया साक्कारीले पनि तेस्रो चरणमा स्थान सुरक्षित गरिन्। उनले रुसकी डियाना शनाइडरलाई हराएकी हुन्।

अस्ट्रेलियन ओपनको दोस्रो दिनका खेल वर्षाका कारण प्रभावित बने। प्रतियोगिता भइरहेको मेलबर्न पार्कभित्रका जम्मा तीन रंगशालामा मात्र छाना छ। ती तीन रंगशालामा मात्र समयमै खेल सुरु भए। बाँकीमा भने वर्षा रोकिएपछि मात्र खेल सुरु गरिएको थियो।

विश्व वरीयताको ८४ औँ स्थानमा रहेकी ओसोरियोलाई पराजित गर्न सजिलो नभएको स्वाटेकको भनाइ थियो। ‘यो खेल असाध्यै फिजिकर रह्यो। कामिलाबाट कुनै अंक लिन सजिलो भएन। प्रत्येक क्षण मेहनत गर्नुप¥यो,’ तीन पटक ग्रान्डस्लाम जितेकी स्वाटेकले भनिन्।

तेस्रो चरणमा स्वाटेकको भेट बियान्का आन्द्रेस्कु र क्रिस्टिना बुस्काबीचको विजेतासँग हुनेछ। आन्द्रेस्कु यूएस ओपन २०१९ की च्याम्पियन हुने भने स्पेनकी बुस्का छनोट चरण पार गर्दै अस्टे«लियन ओपनको दास्रो चरणमा आइपुगेकी खेलाडी हुन्।

यही महिना स्वाटेकलाई युनाइटेड कपमा हराएकी पेगुला पहिलो सेटमा बलियो देखिए पनि दोस्रो सेटमा भने जितका लागि संघर्षरत रहिन्। आखिरमा ३८ औ वरीयताकी सास्नोभिचलाई पन्छाएकी बेगुलाले युक्रेनकी मार्टा कोस्ट्युक वा अस्ट्रेलियाकी ओलिभिया गाडेकीको सामना गर्नेछिन्।

‘अस्टे«लियाको वातावरण मेरा लागि उपयुक्त छ। यसकारण यहाँ सकारात्मक नतिजा हासिल गर्ने आशा छ। लक्ष्य त मेरो ठूलो छ तर संयमित भएर अघि बढ्ने कोसिस गरिरहेको छु,’ पेगुलाले भनिन्।

पुरुष एकलतर्फ यानिक सिन्नरले अर्जेन्टिनाका टोमस मार्टिन इच्चेभेरीलाई ६–३, ६–२, ६–२ पराजित गरे। इटालीका सिन्नरले तेस्रो चरणमा दक्षिण अफ्रिकाका लोयड ह्यारिस वा हंगेरीका मार्टोन फुकोसोभिक्सको सामना गर्नेछन्।

प्रकाशित: ४ माघ २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =