९ अंकले घट्यो नेप्से, परिसूचक २१७३ बिन्दुमा

हिमाल प्रेस ४ माघ २०७९ १५:३४
8
SHARES
९ अंकले घट्यो नेप्से, परिसूचक २१७३ बिन्दुमा

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) ९ अंकले घटेको छ। २१८५.७३ बिन्दुबाट सुरु भएको बजार २२१४ बिन्दुसम्म उक्लिएको थियो। तर कारोबार बन्द हुँदा परिसूचक २१७३ बिन्दुमा झरेको छ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य १० प्रतिशत बिन्दुले उकालो लाग्यो। १२१ कम्पनीको मूल्य भने घटेको छ।

साल्ट ट्रेडिङ, सिंगटी हाइड्रो, मिथिला लघुवित्तलगायत कम्पनीका लगानीकर्ता बढी गुमाउनेमा परेका छन्।

आज २४८ कम्पनीको १ करोड ३३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ४ माघ २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =