मुग्लिन-नारायणघाट खण्ड १२ देखि ४ बजेसम्म बन्द

हिमाल प्रेस ४ माघ २०७९ १५:१९
8
SHARES
मुग्लिन-नारायणघाट खण्ड १२ देखि ४ बजेसम्म बन्द तस्बिरः रासस

काठमाडौँ- नारायणघाट-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ।

यसअघि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर पुल बनाउने स्थानमा काम गरिँदै आएको थियो। माघ ५ गतेबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन बन्द गर्न लागिएको हो।

नारायणघाट–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार अबको एक महिना सवारी रोकेर काम हुनेछ।

आचार्यका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुल निमार्णको लागि सडक फराकिलो बनाउने काम सकिएको छ।

चिसेन्जी र तुईन खोलाको काम बाँकी छ। नारायणघाट–मुग्लिन सडकको चौडाइ ९ देखि ११ मिटरसम्म छ। यसअनुसार नयाँ निर्माण हुने पुल पनि ११ मिटर फराकिला हुनेछन्।

प्रकाशित: ४ माघ २०७९ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =