मधेश प्रदेश : उपसभामुखमा जनमतकी बबिता निर्वाचित

हिमाल प्रेस ३ माघ २०७९ २१:०७
22
SHARES
मधेश प्रदेश : उपसभामुखमा जनमतकी बबिता निर्वाचित

जनकपुरधाम- मधेश प्रदेशको प्रदेशसभा उपसभामुखमा बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन्। जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी इसरलाई नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टी बाहेकका प्रदेशसभा सदस्यहरुले मतदान गरेपछि निर्वाचित भएकी हुन्।

मत विभाजन प्रक्रियाबाट इसरको पक्षमा ७२ प्रदेशसभा सदस्यहरुले मत दिएका थिए। त्यस्तै उनको विपक्षमा २९ प्रदेशसभा सदस्यहरूले मत दिएका थिए। उपसभामुखको निर्वाचनमा १ सय १ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए।

इसरको पक्षमा बहुमत सदस्यहरूको मत परेपछि नेकपा एकिकृत समाजवादी पार्टीकी बेची लुंगेलीले दिएकी उम्मेदवारी प्रदेशसभामा निर्यायार्थ सदनमा पेस हुन सकेन।

प्रकाशित: ३ माघ २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =