‘ऊर्जा र सिंचाइ क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति बनाउँछु’

हिमाल प्रेस ३ माघ २०७९ १५:५९
8
SHARES
‘ऊर्जा र सिंचाइ क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति बनाउँछु’

काठमाडौँ- उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्।

मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले ऊर्जा जलस्रोत तथा सिंचाइ क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका हुन्।

आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको उनको भनाइ छ। उनले योजनाबद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिने बताए।

ऊर्जा जलस्रोत तथा सिंचाइजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भए पनि आफूले त्यसलाई अवसरमा बदल्ने दाबी गरे। सनातन धर्ममा विश्वास गर्ने भन्दै शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा मान्यताले आफूले पदावली गर्नुअघि पशुपतिनाथको दर्शन गरेको उनले स्पष्ट पारे।

प्रकाशित: ३ माघ २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =