मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको लिँदै

हिमाल प्रेस ३ माघ २०७९ ७:०८
2
SHARE
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको लिँदै फाइल तस्बिर।

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ। ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए।

प्रकाशित: ३ माघ २०७९ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =