शव पहिचानका लागि शिक्षण अस्पतालबाट दुई फरेन्सिक विशेषज्ञ पोखरा पठाइयो

हिमाल प्रेस २ माघ २०७९ १८:३१
8
SHARES
शव पहिचानका लागि शिक्षण अस्पतालबाट दुई फरेन्सिक विशेषज्ञ पोखरा पठाइयो

काठमाडौँ– आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये विदेशी र पहिचान नभएका शवहरूमात्रै काठमाडौँ ल्याइने भएको छ।

पोखरामा आफन्त भएकाहरूको शव पहिचान गरी त्यही नै बुझाउने र अन्य शवहरू मात्रै काठमाडौँ ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। शव परीक्षणका लागि पोखराबाट काठमाडौँ शव ल्याउँदा समय लाग्ने भएकाले शिक्षण अस्पतालका दुई फरेन्सिक विशेषज्ञलाई पोखरामा नै पठाइएको ठाकुरले बताए।

दुर्घटनापछि भ्याइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परिसकेको र छानविन कमिटीलाई उपलब्ध गराइने उनले बताए।

सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित सुरक्षा संयन्त्रको उद्धार टोली खटिएको उनले जानकारी दिए। दुर्घटनापछि हालसम्म फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखी आवश्यक परीक्षण भइरहेको छ।

प्रकाशित: २ माघ २०७९ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =