प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

हिमाल प्रेस २ माघ २०७९ १०:३८
4
SHARES
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई र नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताए।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नोतर्फबाट रास्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरे।

प्रकाशित: २ माघ २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =