पोखरा विमान दुर्घटनाबारे आयोगले चाँडै कारण पत्ता लगाउँछ : उपराष्ट्रपति पुन

हिमाल प्रेस १ माघ २०७९ २१:३७
4
SHARES
पोखरा विमान दुर्घटनाबारे आयोगले चाँडै कारण पत्ता लगाउँछ : उपराष्ट्रपति पुन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी रूपमा अध्ययन गरेर चाँडै नै कारण पत्ता लगाउने बताएका छन्। उनले आइतबार शोक विज्ञप्ति जारी गर्दै यस्तो विश्वास व्यक्त गरेका हुन्।

दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको पनि उल्लेख गरेका छन्।

‘नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवम् यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उपराष्ट्रपति पुनले विज्ञप्तिमार्फत भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =