पोखरा दुर्घटनामा ज्यान गुमाएकाको शोकमा मधेश प्रदेशसभाको बैठक स्थगित

हिमाल प्रेस १ माघ २०७९ २१:२६
6
SHARES
पोखरा दुर्घटनामा ज्यान गुमाएकाको शोकमा मधेश प्रदेशसभाको बैठक स्थगित

जनकपुरधाम– मधेश प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ। आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका स्वदेश तथा विदेशका नागरिकको शोकमा बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए।

देश शोकको घडीमा रहेकाले प्रदेशसभाको बैठक स्थगित गर्नु परेको उनले बताए।

बैठकबाट सभामुख पदका लागि निर्वाचन गर्नुका साथै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो। अब मंगलबार मात्रै प्रदेशसभा बैठक बस्ने न्यौपानेले जानकारी दिए।

मंगलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ। यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुनेछ।

प्रकाशित: १ माघ २०७९ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =