पोखरा विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

हिमाल प्रेस १ माघ २०७९ २०:०४
12
SHARES
पोखरा विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

काठमाडौँ– आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ। नेपाल प्रेस सेन्टरको बैठकको तयारीका लागि उनी पोखरा जाने क्रममा आइतबार विमान दुर्घटनामा परी उनको निधन भएको हो।

उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत हुन्। जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। पौडेलको शव सनाखत भएको महासंघले जानकारी दिएको छ।

पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ। १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवम् १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले आइतबार शोक विज्ञप्ति जारी गर्दै जानकारी दिए।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए। पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका उनले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =