मधेस प्रदेशमा आज सभामुख चुनिँदै, गठबन्धनबाट एमालेका झा उम्मेदवार बन्ने

हिमाल प्रेस ३० पुष २०७९ ९:५१
6
SHARES
मधेस प्रदेशमा आज सभामुख चुनिँदै, गठबन्धनबाट एमालेका झा उम्मेदवार बन्ने

जनकपुरधाम- मधेश प्रदेशमा प्रदेशसभाको सभामुखका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

प्रदेशसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
उनका अनुसार साढे ३ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ।

प्रदेशको सभामुख एमालेलाई दिने र उपसभामुख जनमत पार्टीलाई दिने गठबन्धनको शिर्ष नेताहरुको बैठकबाट पहिले नै निर्णय भई सकेको छ ।
सोही अनुसार एमालेबाट सभामुख पदका लागि प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले मनोनयन दर्ता गराउन लागेका हुन ।

यता नेपाली कांग्रेसले मधेश प्रदेशको प्रदेशसभामा सभामुखका लागि मनोनयन दर्ता गराउने एक जना प्रदेशसभा सदस्यले जानकारी दिए ।
प्रदेश सभामुखका लागि माघ २ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित: ३० पुष २०७९ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =