नेपाली सेनाको कार्यरथी सम्मेलन सम्पन्न

हिमाल प्रेस २९ पुष २०७९ २२:१८
30
SHARES
नेपाली सेनाको कार्यरथी सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाली सेनाको जनशक्ति व्यवस्थापन, संगठनात्मक गतिबिधि सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासन सम्बन्धी जिम्मेवार ‘कार्यरथी विभाग’ द्वारा शुक्रबार जंगी अड्डामा पहिलोपटक आयोजित एकदिवसीय कार्यरथी सम्मेलन २०७९ प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

बलाधिकृत रथी सरोजप्रताप राणाले शुभारम्भ गरेको सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आआफ्नो जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यहरूको समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गरिएको थियो। समापन कार्यक्रममा कार्यरथी उपरथी सागरबहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

प्रधानसेनापति शर्माले अवकाश प्राप्त कार्यरथीलाई सम्झनास्वरुप उपहार प्रदान गरेका थिए। समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सैनिक जनशक्तिको व्यवस्थापन तथा सकलदर्जाको अनुशासन कायम राख्न कार्यरथी विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले बहालवाला एवं अवकाशप्राप्त सकलदर्जा तथा आश्रित परिवारजनको कल्याण आफ्नो प्राथमिकताको विषय भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थका लागि संगठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमान्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताए।

सम्मेलनमा अवकाश प्राप्त कार्यरथीहरूका साथै बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द तथा अधिकृतहरुको सहभागिता थियो।

प्रकाशित: २९ पुष २०७९ २२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =