जल उत्पन्न प्रकोप नियन्त्रणका लागि संरचना निर्माण

हिमाल प्रेस २९ पुष २०७९ १२:३५
4
SHARES
जल उत्पन्न प्रकोप नियन्त्रणका लागि संरचना निर्माण

काठमाडौँ- जापान सरकारले जल उत्पन्न प्रकोप नियन्त्रणका लागि संरचना निर्माण गरेको छ।

चितवनको माडी नगरपालिकाको जाखिमयुक्त क्षेत्रमा जापान सरकारले बाँधलगायतका संरचना बनाएको हो।

‘जापानिज् गभर्मेन्ट अन्डर द ग्रान्ट एसिसटेन्स फर एनजीओ प्रोजेक्ट’अन्तर्गत रहेर जापना सरकारले नेपालको शिक्षा, स्वास्थ्य, समुदाय उत्थानलगायत परियोजना सञ्चालन गर्दै आइरहेको छ। बाँध निर्माण परियोजना जापानको गैरसरकारी संस्था साप्ला निरको व्यवस्थापनमा सम्पन्न भएको हो।

नेपालका लागि जापानका राजदूत किकुता युताका संरचनाले माडीका स्थानीयवासी जोखिमबाट मुक्त भएको बताए। ‘जल उत्पन्न प्रकोपले हरेक वर्ष धनजनको क्षति हुने गरेको छ,’ उनले भने, ‘उचित संरचना र सावधानी भए हामी यसबाट सजिलै बच्न सक्छौँ।’ उनले संरचना निर्माणमा सघाउने संस्था, नेपाल सरकार, माडीका स्थानीयवासी लगायतप्रति आभारसमेत व्यक्त गरे।

प्रकाशित: २९ पुष २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =