अस्ट्रेलियामा ग्रान्डस्लाम मात्र होइन दर्शकको मन पनि जित्न चाहन्छन्, जोकोभिच

हिमाल प्रेस २८ पुष २०७९ २०:०३
8
SHARES
अस्ट्रेलियामा ग्रान्डस्लाम मात्र होइन दर्शकको मन पनि जित्न चाहन्छन्, जोकोभिच

काठमाडौँ- गत वर्ष अस्ट्रेलियाबाट ‘डिपोर्ट’ भएको घटना नोभाक जोकोभिचले कहिल्यै बिर्सने छैनन्। कोभिड–१९ विरुद्धको खोप नलगाई मेलबर्न उत्रिएका जोकोभिचको भिसा रद्द गरिएको थियो। त्यहीबेला अस्ट्रेलिया ली सरकारले कठोर निर्णय पनि सुनायो, अझ केही वर्ष जोकोभिचलाई भिसा दिइने छैन।

तर एक वर्षपछि नै परिस्थिति फेरिएको छ। भिसा प्रतिबन्ध फुकुवा भएकाले जोकोभिच अस्ट्रेलिया पुगिसकेका छन्। लक्ष्य विगतमा जस्तै छ, अस्टे«लियन ओपन जित्ने। जुन ग्रान्डस्लाम उनले नौ पटक जितिसकेका छन्।

कुरा गएको वर्षको हो, विश्वभर कोभिड महामारीको जगजगी हुँदा अस्ट्रेलियामा कडा नियम लागू थियो। खोप नलगाएको भए भिसा नै नपाइने। अस्टे«लियन ओपन खेल्न मेलबर्न पुग्नेका लागि पनि नियम उही थियो, केही अपवादबाहेक। जोकोभिच अपवादको सूचीमा थिए।

त्यसबेला खोप नलगाएकाले पनि अस्ट्रेलिया प्रवेश गर्न पाउँथे। तर केही शर्त थिए। जस्तै, खोपको पहिलो डोज लगाएपछि असर देखिएको भए वा खोप लगाउन नमिल्ने स्वास्थ्य समस्या भएका व्यक्तिका लागि खोप अनिवार्य थिएन। जोकोभिचको हकमा भने कुनै शर्तले काम गरेन। अन्ततः उनी डिपोर्ट भए। तर त्यसअघि अदालतमा भने मुद्वा चल्यो।

अस्ट्रेलियाली सरकारले जोकोभिचलाई घर त फर्कायो नै, तीन वर्षका लागि भिसा प्रतिबन्ध पनि लगायो। यद्यपि गत नोभेम्बरमा अस्ट्रेलियाले प्रतिबन्ध फुकुवा गर्दै जोकोभिचलाई अस्ट्रेलियन ओपनमा सहभागी हुन निम्तो दियो।

एकहिसाबले अस्ट्रेलिया र जोकोभिचबीचको विवाद अन्त्य भएको छ। दूरी बाँकी छैन भन्दा पनि हुन्छ। तर जोकोभिचले त्यो पुरानो कुरा बिर्सिएका भने छैनन्। किनभने यसले आफूलाई गहिरो असर पुगेको ३५ वर्षीय टेनिस स्टारको भनाइ छ।

‘विश्वभरका सञ्चारमाध्यमले मलाई अनावश्यक रुपमा विवादमा ताने। कोभिड महामारी वा खोपको विषयमा जे लेख्दा पनि मलाई मुछियो। मलाई एक्कासी दुनियाँको नजरमा खलनायक बनाइयो। एउटा खेलाडीका लागि योभन्दा खराब परिस्थिति के हुन सक्छ?’ जोकोभिचले हालै आफ्नो मनको कुरा खोलेका छन्।

सन् २०१९ देखि २०२१ सम्म लगातार अस्ट्रेलियन ओपन जितेका जोकोभिचले आफू लामो समय घरभित्र बसेको र बाहिर हिँडडुल नगरेको पनि बताएका छन्। ‘सञ्चारमाध्यममा मेराबारे नकारात्मक कुरा मात्र आएपछि मलाई बाहिर कतै जान मन लागेन। स्थिति साम्य भएपछि मात्र घरबाट बाहिर निस्किने योजना बनाएको थिए। केही समयपछि स्थिति साम्य भयो,’ सर्बियाका जोकोभिचले भनेका छन्।

त्यो घटनाले आफूलाई मानसिक रुपमा मात्र होइन खेलमा पनि असर गरेको जोकोभिचको भनाइ छ। ‘मेरो खेलमा पनि असर गर्छ भन्ने सोचेको थिइनँ। तर मेरो प्रदर्शन नै खस्कियो। फेरि जुनसुकै प्रतियोगिता खेल्न गए पनि पत्रकार सम्मेलनमा अस्ट्रेलिया मा के भएको थियो भनेर सोधिन्थ्यो नै। म यो घटनाबाट बाहिर निस्किन चाहन्थे। तर मान्छेहरू मलाई जबरजस्ती त्यही घटना सम्झाउँथे,’ जोकोभिचले तितो पोखे।

जोकोभिचले गत वर्ष यूएस ओपन पनि खेल्न पाएनन्। खोप नलगाएकालाई अमेरिका प्रवेशमा रोक लगाइएकाले उनलाई यूएस खेल्न नपाएका हुन्। यद्यपि बेलायतमा हुने विम्बल्डन भने जोकोभिचले खेले। च्याम्पियन पनि बने। यही सफलतासँगै जोकोभिचले जितेको ग्रान्डस्लामको संख्या २१ पुगेको छ। जुन राफाएल नाडालले जितेकोभन्दा एक कम हो।

जोकोभिचले मेलबर्न र्पाकमा सारबेलास बाइनाको सामना गर्दै जनवरी १६ का अस्ट्रेलियन ओपनको नयाँ यात्रा सुरु गर्दैछन्। हाल विश्व वरीयतामा पाँचौँ स्थानमा रहेका जोकोभिचलाई गत साता एडलेइडमा अस्ट्रेलिया ली समर्थकले स्वागत गरेका थिए। तर मेलबर्नमा उनलाई स्थानीय टेनिस समर्थकले स्वागत गर्छन् वा दुव्र्यवहार, टुंगो छैन।

जोकोभिच भने ती समर्थकको मन जित्नेमा ढुक्क छन्। ‘एडलेइडमा प्राप्त समर्थनका कारण उत्साहित छु। मेलबर्नमा के हुन्छ थाहा छैन। तर त्यहाँको वातावरण सकारात्मक हुनेमा विश्वस्त छु,’ जोकोभिच भनेका छन्।

प्रकाशित: २८ पुष २०७९ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =