ओलीको पछि नलाग्‍न प्रचण्डलाई नेपालको सुझाव

हिमाल प्रेस २७ पुष २०७९ १५:१७
14
SHARES
ओलीको पछि नलाग्‍न प्रचण्डलाई नेपालको सुझाव फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको मुख्य समस्या नै केपी ओली भएकाले उनीबाट सचेत रहनुपर्ने बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

आफैंलाई सर्वोच्च ठान्ने ओलीको प्रवृत्ति रहेकाले उनका पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सचेत गराए।

‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो,’ ओलीले प्रतिनिधिसभा विगठनप्रति गल्ती महसुस नगरेको भन्दै नेपालले भने, ‘तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ। मैले जे गरेँ, ठिक गरेँ। शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ। अहिलेको सरकार यो प्रवृत्तिबाट जोगिनुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणको कामलाई गति दिने जनताको आसा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्रीलाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको र सो शर्त लागु हुनेमा आफू विश्वस्त रहेको नेपालले बताए।

‘राष्ट्रियताको विषयवस्तुदेखि लिएर जनजीविकाका विषयवस्तुसम्म, युवाको बेरोजगारीदेखि लिएर शिक्षा प्रणाली सुधार गर्नुपर्ने कुरासम्म, श्वास्थ्य अवस्थाको विकराल रूप सुधार गर्नेदेखि लिएर अनि हाम्रो विकास, निर्माणको पाटोसम्म नेपाली समाजमा रहेका विभिन्न वर्ग समूदायको बेहाल अवस्थादेखि लिएर समावेशिताको नीतिसम्म, समाजवादको नेपाली नमूना कस्तो हुन सक्दछ ? त्यो खाका प्रस्तुत गर्ने कुरादेखि लिएर हामीले आफ्नो विचारहरू पनि व्यक्त गर्ने काम गर्‍यौं,’ नेपालले भने, ‘त्यसो हुनाले ती विचारहरू, ती सुझावहरूमा सरकारको ध्यान जानेछ भन्ने हामीले ठानेका छौं। आजसम्मका अनुभवहरूको समीक्षा गर्न सक्नु पर्दछ। देश हाँक्ने मान्छेसँग देश बनाउने सपना हुनुपर्दछ, मैले बारम्बार जोड गरेको कुरा यही हो।’

उनले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गर्दै राम्रो राजनीतिक संस्कार स्थापना गर्न पनि प्रधानमन्त्री दाहाललाई उनले आग्रह गरे। ‘विनम्रतालाई अवलम्बन गर्नु होला। संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला। राम्रो राजनीतिक संस्कार र संस्कृति अवलम्बन गर्नुहोला। राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईं राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला,’ उनले भने।

अन्य विकल्प हुँदा हुँदै प्रतिनिधिसभा विघठन गर्नु असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतसँगै सिंगो नागरिक समाजले आफूहरूलाई साथ दिएको र त्यसैको बलमा यसअघिको सत्तागठबन्धन बनेको नेपालले बताए। ‘निर्वाचनपछि कुनै पनि दलको बहुमत नआएकाले देश फेरि मध्यावधिमा जाने हो कि भन्ने आशंका जन्मिएका थिए। अहिले यो गठबन्धन कस्तो प्रकारको हो भन्ने पनि धेरै आशंका छ,’ उनले भने।

प्रकाशित: २७ पुष २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =