सुदूरपश्चिम प्रदेश : सभामुखमा कांग्रेस र माओवादीले दिए उम्मेदवारी

हिमाल प्रेस २७ पुष २०७९ १५:२०
16
SHARES
सुदूरपश्चिम प्रदेश : सभामुखमा कांग्रेस र माओवादीले दिए उम्मेदवारी

धनगढी- सुदूरपश्चिम प्रदेशसमा सभामुखको लागि नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदले उम्मेदवारी दर्ता गरेका छन्। प्रदेशसभा सचिवालयका अनुसार नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ। भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन्। सभामुख चयनका लागि बिहीबार मतदान हुने छ।

प्रकाशित: २७ पुष २०७९ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =