लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

हिमाल प्रेस २७ पुष २०७९ १५:०२
4
SHARES
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

बुटवल– लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

गिरीले एमाले-माओवादीसहितको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५८ जनाको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरेका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसद र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमीश्वर ढकालले जानकारी दिए।

यसअघि मंगलबार नै दाबी पेस गर्ने भनिए पनि माओवादीले आलोपालो खोजेपछि रोकिएको थियो। सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिपछि दाबी पेस गरिएको माओवादी नेताहरूले बताएका छन्।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन÷तीन सांसद छन्। नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन्।

प्रकाशित: २७ पुष २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =