न्यायको अपेक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : रञ्जिता श्रेष्ठ

हिमाल प्रेस २६ पुष २०७९ १५:५७
न्यायको अपेक्षासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : रञ्जिता श्रेष्ठ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूहरु प्रधानमन्त्रीसँगै गोलबद्ध रहेको बताइन्।

तर, न्याय चाहिएको दोहोर्‍याइन्। ‘हामीलाई न्याय चाहिएको छ। समयमै न्याय, पलभरमै न्याय, अहिले नै न्याय’, उनले भनिन्।

प्रधानमन्त्री बनाउन समर्थन गरेको भएपनि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने बताउँदै आएको छ। प्रचण्डले गरेको वकितम् वाचा पूरा भएको भए अहिले आफूहरु सत्ता पक्षमा हुने थियौँ भन्ने श्रेष्ठको भनाइ थियो। ‘जबसम्म हाम्रो माग मुद्दा पूरा हुँदैन तबसम्म हामी प्रतिपक्षमै हुनेछौँ’, उनले भनिन्।

उनले आफूहरुमा संविधानप्रति असन्तुष्टि रहेको बताइन्। तर, असहमति भने नभएको उनको भनाइ छ। उनले भनिन्, ‘विद्रोबाट जन्मिएको पार्टीले एक दिन आफ्नो अधिकार प्राप्त गरेरै छाड्ने छ।’

प्रकाशित: २६ पुष २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =