देउवाले भने : प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, प्रतिपक्षमा बस्छौँ

हिमाल प्रेस २६ पुष २०७९ १४:०६
20
SHARES
देउवाले भने : प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, प्रतिपक्षमा बस्छौँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा कांग्रेस रहेको उनले बताएका हुन् ।

यस्तै उनले सरकारमा भने सहभागी नहुने बताएका छन्। सशक्त विपक्षी नहुँदा सरकारको उचित मूल्यांकन हुन नसक्ने उनले बताए।

‘सरकारको अनुगमन, गुण र दोष केलाउनु पनि संसदको क्षेत्राधिकार हो, प्रभावकारी विपक्षी नहुँदा सरकार निरंकुश हुन सक्छ,’ उनले भने, ‘सरकारका कामकारबाहीको प्रभावकारी निगरानीका लागि हामी सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौँ।’

प्रकाशित: २६ पुष २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =