गण्डकीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन

हिमाल प्रेस २५ पुष २०७९ १७:५८
6
SHARES
गण्डकीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन

पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल गठन गरेका छन्। नियुक्तिसँगै उनले एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ सदस्यलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन्।

जसमा माओवादीका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) मन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई नवनियुक्त मुख्यमन्त्री अधिकारीको उपस्थितिमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी सोमबार ३३ सदस्यको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २५ पुष २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =