मुख्यमन्त्रीमा दोहोरिने राउतको सपनामा ‘ब्रेक’ दलको नेता बने यादव

हिमाल प्रेस २५ पुष २०७९ १५:४९
4
SHARES
मुख्यमन्त्रीमा दोहोरिने राउतको सपनामा ‘ब्रेक’ दलको नेता बने यादव

धनुषा- जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। अहिलेका मुख्यमन्त्री लालबहादुर राउतले फेरि दोहोरिने इच्छा देखाएका थिए। सोहीअनुसार संसदीय दलको निर्वाचनका लागि राउत र यादवको उम्मेदवारी परेको थियो।

तर, अन्तिम समयमा राउतले आफ्नो उम्मेदवारी फिर्ता लिई यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत भए। सत्ता गठबन्धनमा मधेश प्रदेशको मुख्यमन्त्री जसपालाई दिने तयारी भएको छ। दलको नेता चयन भएसँगै यादव मुख्यमन्त्री बन्ने सम्भावना पनि बढेको छ।

मधेश प्रदेशमा कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। यता जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरिसकेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले भने दलको नेता छानिसकेको छैन।

प्रकाशित: २५ पुष २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =