राप्रपा अस्थिरताको कारक बन्दैन : लिङ्देन

हिमाल प्रेस २५ पुष २०७९ १५:०१
6
SHARES
राप्रपा अस्थिरताको कारक बन्दैन : लिङ्देन फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकका समस्याहरू सामूहिक रूपमा समाधान गर्नुपर्ने पक्षमा राप्रपा रहेको बताएका हुन्।

‘देशलाई शिरमा राखेर मुलुकका यावत् समस्याहरू सामूहिक रूपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ, उनले भने, ‘राप्रपा यो संसदमा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, सेवा प्रवाहको पक्षमा उभिने छ।’

उनले अहिलेको जनताले दिएको मत हेर्दा कुनै राजनीतिक दललाई पूर्ण रुपमा विश्वास गर्न नसकेको बताए।

प्रकाशित: २५ पुष २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =