प्रतिनिधिसभा भंग गर्नु प्रतिगमन होइन : ओली

हिमाल प्रेस २५ पुष २०७९ १३:५४
10
SHARES
प्रतिनिधिसभा भंग गर्नु प्रतिगमन होइन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु प्रतिगमन नभएको बताए। आज प्रतिनधिसभामा बोल्दै संसद् ढालेर सरकार बनाउन चुनाव गर्नु प्रतिगमन नभएको बताएका छन्।

‘एकपटक दह्रो हल्ला चलाइयो। संसद् विघटन प्रतिगमन हो। त्यसो भए त बेलायतमा कतिपटक प्रतिगमन भएछ,’ ओलीले भने,‘हामीले यस्ता कुरामा ख्याल गर्नुपर्छ। संसद्बाट नभए अन्यत्रबाट ढालिनुलाई प्रतिगमन हो।’ ओलीले प्रधानमन्त्रीले विश्वास लिनेमा आफू ढुक्क रहेको बताएका छन्। उनले प्रधानमन्त्रीले विश्वासको मत लिने भए पनि धेरै चुनौती रहेको बताए।

उनले देशमा संस्कृतिको सम्बर्दन गर्नुपर्ने बताए। उनले बैठकलाई सम्बोदन गर्दै देशको राजनीति ठीक ढंगले अघि बढाउने अभिभारा सदनलाई अघि रहेको सुनाए।

‘आज अर्थतन्त्र गम्भीर अवस्थामा रहेको छ। यसलाई यो सरकारले सही ढंगले अघि बढाउनुपर्छ।’

प्रकाशित: २५ पुष २०७९ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =