‘जय हो’मा अर्पण अनुबन्धित

हिमाल प्रेस २५ पुष २०७९ १३:५५
6
SHARES
‘जय हो’मा अर्पण अनुबन्धित

काठमाडौँ- अभिनेता अर्पण थापा फिल्म ‘जय हो’ सँग जोडिएका छन्। उनी फिल्ममा अनुबन्धित भएको जानकारी शोभित बस्नेतले सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले अर्पणसँग तस्बिर साझा गर्दै क्याप्सन लेखेका छन्, ‘जय होले अभिनेताका रूपमा अर्पण थापालाई पाएको छ।’

टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत मुख्य भूमिकामा रहनेछन्। फिल्ममा अरू कलाकार छनोट हुन बाँकी नै छन्।

काठमाडौँ, पोखरा, मुस्ताङ, अस्ट्रेलियालगायत ठाउँमा खिचिइने भनिएको फिल्मको छायांकन माघ अन्तिम सातादेखि सुरु हुनेछ।

प्रकाशित: २५ पुष २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =