जनताको विश्वासमा ठेस लाग्न दिनेछैनौँ : देउवा

हिमाल प्रेस २५ पुष २०७९ १३:४३
14
SHARES
जनताको विश्वासमा ठेस लाग्न दिनेछैनौँ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको विश्वास र अपेक्षामा ठेस लाग्न नदिने बताएका छन्। सोमबार संसद् बैठकमा बोल्दै उनले जनताको अपेक्षामा रचनात्मक रूपमा प्रस्तुत हुने बताएका हुन्।

उनले निर्वाचित सांसद, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूलाई बधाई तथा शुभकामना पनि दिएका थिए।

संविधानको रक्षा र कार्यान्वयन अनिवार्य सर्त रहेको भन्दै उनले देश र जनताको हितमा काम गर्न सांसद, प्रधानमन्त्री, मन्त्रीहरूलाई आग्रह पनि गरेका छन्।

प्रकाशित: २५ पुष २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =