मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर

हिमाल प्रेस २५ पुष २०७९ १२:३२
6
SHARES
मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन्।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुरु भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्जरले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू स्वस्थ एवं सबल बन्ने बताएका हुन्।

उनले बैंकहरूको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए।

‘यो वर्षमात्रै १४ वटा बैंक मर्जर भएको अवस्था छ, मर्जरमा राम्रो उपलब्धि भएको छ,’ उनले भने, ‘बैंकहरू ठूला र संस्थाहरू मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेसनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ। त्यो नियम भन्दा पनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यकता हामीले देखेका छौँ,’ उनले भने।

बैंक वित्तीय संस्थाहरूले सानो कर्जालाई प्रवद्र्धन गर्नुपर्ने उनले बताए।

प्रकाशित: २५ पुष २०७९ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =