ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

हिमाल प्रेस २५ पुष २०७९ ७:४७
2
SHARE
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

पाल्पा- कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका ३, पिपलडाँडा निकीचौर नजिकै ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। त्यस्तै, दुर्घटनामा चार जना घाइते भएका छन्।

सिद्धार्थ राजमार्गको पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ट्याक्टर आइतबार राति भएको दुर्घटनामा रम्भा गाउँपालिका–१ बस्ने १७ वर्षीय विशाल थापाको मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटनामा परी रम्भा गाउँपालिका–१ का १९ वर्षीय विवेश थापा, २४ वर्षीय दिलबहादुर घर्ती, १६ वर्षीय युवराज घर्ती, १८ वर्षीय पूर्णबहादुर बोटे घाइते भएका छन्।

घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ। फरार रहेका ट्याक्टर चालक खोजी र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ पुष २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =