पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमाल प्रेस २४ पुष २०७९ २०:३१
12
SHARES
पेट्रोलियम पदार्थको मूल्य घट्यो फाइल तस्बिर।

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि मूल्य घटेको हो। नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यससँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ तय भएको छ। पेट्रोलियम पदार्थको मूल्यदर आइतबार मध्यरातबाट लागू हुने निगमले जनाएको छ। यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ पुष २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =