नदी तथा खानीजन्य सामग्री उत्खनन समस्याप्रति महासंघको ध्यानाकर्षण

हिमाल प्रेस २४ पुष २०७९ २०:२५
6
SHARES
नदी तथा खानीजन्य सामग्री उत्खनन समस्याप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ– नदीजन्य पदार्थ उत्खननमा देखिएका समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस विषयमा ध्यानाकर्षण भएको जनाएको हो।

गिट्टी, बालुवा, ढुंगा, माटोलगायत निर्माण सामग्री उत्खनन र ढुवारी तथा ओसार पसारमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघको भनाइ छ। शक्ति केन्द्रहरूको आडमा निश्चित समूह विशेषले मात्र यस्ता खानीहरू संचालन गर्दै आइरहेकाले यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन नसकेको महासंघको ठहर छ।

‘हाल यी उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालाबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्चमूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

गिट्टी, बालुवा, माटो, ढुंगालगायत निर्माण सामग्री उत्खननमा समस्या देखिए चालु निर्माण परियोजनाहरूको लागत र समय बढ्ने देखिएको महासंघले जनाएको छ।

प्रकाशित: २४ पुष २०७९ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =