नबिल एसएसई पहिलो ब्याच सम्पन्न, दोस्रो ब्याचका २० जनालाई स्वागत

हिमाल प्रेस २४ पुष २०७९ १२:२९
6
SHARES
नबिल एसएसई पहिलो ब्याच सम्पन्न, दोस्रो ब्याचका २० जनालाई स्वागत

काठमाडौँ- नबिल बैंकले सामाजिक उद्यमशीलता विकास (एसएसई)का लागि अघि बढाएको पहिलो चरणको फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा कार्यक्रमको आयोजना गर्दै बैंकले फेलोसिप कार्यक्रममा सहभागी १८ जनालाई बिदाइ गरेको हो। सोही अवसरमा एसएसईको दोस्रो ब्याचका लागि छनोट भएका २० जनालाई स्वागत गरिएको छ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको थियो।

यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनोट गरेको थियो। तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए। जसमध्ये १३ जनाले आफ्नो व्यवसाय सुरु गरिसकेका छन्। सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिविवबीच सम्झौता पनि भएको छ।

कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले भने ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो।’

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले नबिल एसएसईमा सहभागीहरू समाज परिवर्तनका संवाहक भएको बताए।

पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेल बताइन्। धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन। तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पु¥याएको छ, र अहिले ब्रान्डिङको काम हुँदैछ।’

प्रकाशित: २४ पुष २०७९ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =