अन्तर्घात छानबिन गर्न एमाले कैलालीले बनायो कार्यदल

हिमाल प्रेस २३ पुष २०७९ २१:०८
8
SHARES
अन्तर्घात छानबिन गर्न एमाले कैलालीले बनायो कार्यदल

धनगढी– नेकपा एमाले कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाअनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ। धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो।

जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँचदलीय गठबन्धन, पार्टी फुटको असर, जातीय तथा क्षेत्रीय भड्कावलाई चिर्न नसक्नु र पार्टीको संगठन संरचनालाई तल्लो तहसम्म व्यवस्थित गर्न नसकिएका कारण प्रतिकूल नतिजा व्यहोर्नुपरेको निष्कर्ष निकालिएको बताए।

पाण्डेका अनुसार चुनावमा पार्टीका उम्मेदवारविरुद्धमा भएका गतिविधि र संलग्न नेता तथा कार्यकर्ताबारे छानबिन गर्न कार्यदल बनाइएको छ। उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेश ओझा र वीरबहादुर साउद सदस्य छन्।

प्रकाशित: २३ पुष २०७९ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =