सरकारलाई विश्‍वासको मत दिन समयमै उपस्थित हुन एमाले सांसदलाई ओलीको निर्देशन

हिमाल प्रेस २३ पुष २०७९ १५:२७
18
SHARES
सरकारलाई विश्‍वासको मत दिन समयमै उपस्थित हुन एमाले सांसदलाई ओलीको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते १ मिनेट पनि ढिला नगरी संसदमा उपस्थित हुन उनले निर्देशन दिए। शनिबार पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले उक्त निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे। उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे।

ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको भनाइ छ।

‘पहिलो कुरा त हामी २६ गते प्रधानमन्त्रीमाथि प्रतिनिधिसभा बहुमतको विश्वास छ भन्ने कुरा हामीले देखाउनु छ। २६ गते सबै साथीहरू कुनै बट, इफ हुँदैन। त्यो एकदमै बुझ्न जरुरी छ। हरेक साथीहरू भनेको समयमा संसदमा कोहीकोही दिन यस्ता हुन्छन्, जहाँ १ मिनेट ढिला गर्न हुन्न। २५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने यस्ता दिनहरूमा एक मिनेट पनि ढिला हुनुहुन्न,’ उनले भने।

नेपाली कांग्रेसले एमालेलाई थाङ्नामा सुताउन खोजेको बताउँदै उनले यो सरकारलाई प्रभावकारी र जनमुखी बनाउन उनले सांसदहरूलाई निर्देशन दिए।

प्रकाशित: २३ पुष २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =