ओलीको दाबी- ठूलो दलको घमण्ड बोक्दा कांग्रेसले सत्ता गुमायो

हिमाल प्रेस २३ पुष २०७९ १४:३१
ओलीको दाबी- ठूलो दलको घमण्ड बोक्दा कांग्रेसले सत्ता गुमायो फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले ठूलो दल भएको घमण्ड पाल्दा पाउनसक्ने सत्ता नै गुमाएको दाबी गरेका छन्। एमालेबाट निर्वाचित सांसदलाई प्रशिक्षण दिन आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कांग्रेस ठूलो दल छँदै छ। अब कसैले ७६ (२) अनुसार बहुमत जुटाउन सक्दैन, त्यसो भएपछि ७६ (३) को पालो आउँछ र म प्रधानमन्त्री हुन्छु भन्ने शेरबाहादुर देउवाजीलाई लागेको थियो। तर हामीले राष्ट्रपतिले दिएकै समयमा बहुमत पुर्‍यायौं। अहिले यो सरकारलाई धेरैवटा पार्टीको समर्थन छ,’ उनले भने।

कांग्रेसले सांसद किन्न सकिन्छ कि कसैलाई प्रभावमा पार्न सकिन्छ कि भनेर अहिले खुद्रा पसल चलाइरहेको उनको भनाइ छ। ‘एमालेले संसदलाई दाउपेच गर्ने थलो बनाउनु हुँदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने।

संसद भनेको राज्य र नागरिकलाई आपसमा जोड्ने भएकाले यसको धेरै नै महत्त्वपूर्ण स्थान रहेको उनले बताए।

प्रकाशित: २३ पुष २०७९ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =