सर्वोच्च बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

हिमाल प्रेस २३ पुष २०७९ ८:४७
4
SHARES
सर्वोच्च बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

काठमाडौँ- सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ।

प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना प्रारम्भ गरिने छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवार छन्।

यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदिशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उम्मेदवार रहेका छन्। सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा छ सय २१ मतदाता छन् ।

प्रकाशित: २३ पुष २०७९ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =