लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : राप्रपा उपाध्यक्ष प्रधान

हिमाल प्रेस २२ पुष २०७९ १७:२९
6
SHARES
लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : राप्रपा उपाध्यक्ष प्रधान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको स्पष्ट पारेका छन्।

शुक्रबार सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘विभिन्न स्तरबाट प्रधानमन्त्री बन्नका लागि प्रस्ताव आए पनि पार्टीबाट आधिकारिक रूपमा भने आएको छैन।’

उनले जनतालाई गरेको बाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्न सक्ने भन्दै वर्तमान सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताए। उनले नेपाली कांग्रेसले गरेको प्रस्तावका विषयमा टिप्पणी गर्न नमिल्ने पनि बताए। साथै उनले अध्यक्ष लिङ्देन क्षणिक स्वार्थमा नअल्झिने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =