देउवाले छलफलका लागि दुई उपसभापति र दुई महामन्त्रीलाई धुम्बाराही बोलाए

हिमाल प्रेस २२ पुष २०७९ १६:५६
366
SHARES
देउवाले छलफलका लागि दुई उपसभापति र दुई महामन्त्रीलाई धुम्बाराही बोलाए फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुखैमा आएको सत्ता गुमेपछि पहिलोपटक छलफल गर्न पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाएका छन्। आफ्नो निवास बूढानीलकण्ठमा मर्मत जारी रहेपछि बालुवाटारबाट बाहिरएका देउवा धुम्बाराहीमा भाडाको घरमा छन्।

देउवाले नेताहरूसँग त्यहीँ भेटघाट गरिरहेका छन्। देउवाको अस्थायी निवास धुम्बाराहीमा अहिले शीर्ष नेताबीच छलफल जारी छ। भेटमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी छन्।

‘हामी अहिले धुम्बाराही आइपुगेका छौँ,’ उपसभापति गुरुङले हिमालप्रेससँग भने, ‘केही विषयमा सल्लाह गर्नुपर्ने भयो भनेर बोलाउनु भएको भएर आएका हौँ।’

देउवाको सचिवालयका अनुसार अन्य नेताहरूसँगै नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत पनि सहभागी छन्।

कांग्रेसको केन्द्रीय समिति बैठक पुस २८ मा बस्दै छ। त्यसअघि शनिबार कांग्रेसको संसदीय दलको बैठक पनि बस्दै छ। पुस २५ गते संसद्‌को पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशनको दोस्रो दिन पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

प्रकाशित: २२ पुष २०७९ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =