अनिलको डेब्यु गीत ‘मनको दूरी’ सार्वजनिक [भिडियोसहित]

हिमाल प्रेस २१ पुष २०७९ १७:०४
30
SHARES
अनिलको डेब्यु गीत ‘मनको दूरी’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- गायक अनिल विश्वकर्माको डेब्यु गीत ‘मनको दूरी’ सार्वजनिक भएको छ। स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट बिहीबार सो गीत सार्वजनिक भएको हो।

गीतमा उनलाई गायिका सम्झना शाहासंकरले साथ दिएकी छन्। गीतको शब्द/संगीत मित्र केसी र संगीत संयोजक विशाल निरौलाले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र जोन बमको अभिनय छ। राजेन्द्र खत्री निर्माता रहेको म्युजिक भिडियोको छायांकन, निर्देशन र सम्पादन जनक देवकोटाले गरेका हुन्।

गीतको पोस्ट प्रोडक्सन भने एचडी क्रियसन नेपालले गरेको हो। गीत प्रेमकथामा आधारित छ।

प्रकाशित: २१ पुष २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =