बागमती प्रदेशमा सरकार गठनको आह्वान

हिमाल प्रेस २१ पुष २०७९ ११:५६
8
SHARES
बागमती प्रदेशमा सरकार गठनको आह्वान

काठमाडौँ- बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार सरकार गठनका लागि आह्वान गरेका छन्। उनले सरकार गठनका लागि पुस २५ गते अपराह्न ४ बजेसम्मको समय सीमा तोकेका हुन्।

कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले सो समयभित्र मुख्यमन्त्रीमा दाबी गरिसक्नु पर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ पुष २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =