६५ अंकले बढ्यो नेप्से, परिसूचक २१२६ बिन्दुमा

हिमाल प्रेस २० पुष २०७९ १५:२८
6
SHARES
६५ अंकले बढ्यो नेप्से, परिसूचक २१२६ बिन्दुमा

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) ६४.८७ अंकले बढेको छ। कारोबार सुरु भएदेखि उकालो लागेको परिसूचक २१२६ बिन्दुमा उक्लिएको हो।

बुधबार २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ३० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ। यो कम्पनीको ११ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। व्यापार उपसमूहको सूचक ९.७४ प्रतिशतले बढेको छ।

प्रकाशित: २० पुष २०७९ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =