कांग्रेस सुदूरपश्‍चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत

हिमाल प्रेस २० पुष २०७९ १५:१६
8
SHARES
कांग्रेस सुदूरपश्‍चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत

धनगढी– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले दलको नेतामा उनलाई चयन गरेको हो।

यसअघि आधा दर्जन आकांक्षी देखिएपछि निर्वाचन हुने तय भएको थियो। उनीहरूबीच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवम् प्रदेशसभा सदस्य मेघराज खड्काले बताए। शाह कैलाली २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित: २० पुष २०७९ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =