बीवाईडीले एक वर्षमै बेच्यो १८ लाख ६८ हजार गाडी

हिमाल प्रेस २० पुष २०७९ १२:१६
4
SHARES
बीवाईडीले एक वर्षमै बेच्यो १८ लाख ६८ हजार गाडी

काठमाडौँ- चिनियाँ विद्युतीय गाडी निर्माण कम्पनी बीवाईडीले गत वर्ष सन् २०२२ मा विश्वभर १८ लाख ६८ हजार ५४३ वटा गाडी बिक्री गरेको छ।

यसमध्ये ९ लाख ११ हजार १४० पूर्ण ब्याट्री इलेक्ट्रिक भेहिकल र ९ लाख ४६ हजार २३९ वटा प्लगइन हाइब्रिड मोडल भएको कम्पनीले जनाएको छ। यो तथ्यांक अघिल्लो वर्ष सन् २०२१ को तुलनामा १५२ प्रतिशतले बढी हो।

पछिल्ला केही वर्षदेखि बीवाईडीका गाडीको माग विश्वभर बढेको छ। बीवाईडीका गाडी डिसेम्बर महिनामा मात्रै २ लाख ३५ हजार वटा बिक्री भएका छन्।

सन् २०२१ को सोही महिनामा ९४ हजार वटा गाडी बिक्री भएको कम्पनीले जनाएको छ। नेपालमा साइमेक्स प्रालिले बीवाईडीका गाडी आयात तथा बिक्री गर्दै आएको छ।

प्रकाशित: २० पुष २०७९ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =