सडकका खाल्डा १५ दिनभित्र नपुरे कारबाही गर्ने उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी

हिमाल प्रेस १९ पुष २०७९ २२:१२
20
SHARES
सडकका खाल्डा १५ दिनभित्र नपुरे कारबाही गर्ने उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकका खाल्डाखुल्टी तत्काल पुर्न निर्देशन दिएका छन्। उनले उपत्यकाभित्र १५ दिनमा र उपत्यकाबाहिरको १ महिनाभित्र कुनै सडकमा खाल्डाखुल्टी देखिए मातहतका उपल्लो कर्मचारीलाई कारबाही हुने चेतावनीसमेत दिएका छन्।

‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन। भएका काममा पनि मर्मत सम्हारको उत्तिकै आवश्यकता छ,’ उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आयोजित सडक विभागका कर्मचारीहरूको ब्रिफिङमा भने, ‘यसका लागि राजनीतिज्ञ र कर्मचारीले सुशासन कायम गर्न आत्मालोचनासहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य छ। कतै पनि सामान्य गल्ती भेटिए पनि छुट हुने छैन।’

विभागमा चार घण्टासम्म चलेको ब्रिफिङमा विभाग मातहतका सम्पूर्ण आयोजना र अवस्थितिको जानकारी दिइएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको उनका स्सवकीय सचिव विजय गौतमले जानकारी दिए।

उनले सबै निकाय प्रमुखसँग मातहतका आयोजनाको विवरण माग गरेका छन्। उनले आफूले भौतिक पूर्वाधारलाई केन्द्रित गरेर त्यसमा एक कार्यदल बनाएर सुधार गर्दै त्यसमा परिणाममुखी काम गर्ने बताएका थिए। सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालयको भनेर छवि बिग्रेकोले आफू सुधारमा लागिपर्ने श्रेष्ठको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =